प्याराग्लाइडिङ साहसिक गतिविधि सफलतापूर्वक सम्पन्न

हिमाली बेला
• स्थानीय • ०७ नोभेम्बर, २०२६
प्याराग्लाइडिङ साहसिक गतिविधि सफलतापूर्वक सम्पन्न

पाकिम, 7 नोभेम्बर (आईपीआर): सिक्किम साहसिक पर्यटन महोत्सव, 2026 को ‘रिले एड्भेञ्चर’ अन्तर्गत प्याराग्लाइडिङ साहसिक गतिविधि शनिवार सफलतापूर्वक सम्पन्न भएको छ। यसमा 14 जना सहभागीले सिक्किमका मनमोहक प्राकृतिक दृश्यहरूमाथि उड़ान भर्दै साहसिक अनुभव सँगाले।

सहभागीहरूले पाकिम जिल्लाको अम्बास्थित तोकिएको प्याराग्लाइडिङ स्थलबाट उड़ान भरेका थिए। उनीहरूले उड़ानको आनन्द लिँदै रोड़ाथाङमा सुरक्षित अवतरण गरे। अवतरणपछि सहभागीहरूलाई नाम्ची जिल्लाको नामथाङस्थित लिङ्खिमटारमा रहेको मुख्य महोत्सव स्थलमा लगियो, जहाँ उनीहरूले महोत्सवको हिस्साका रूपमा आयोजना गरिएका विभिन्न साहसिक गतिविधिमा सहभागी हुने अवसर पाए।

सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित यो महोत्सव आज सम्पन्न भएको छ। सिक्किमलाई एक प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा हावा, जमिन र पानीमा आधारित विभिन्न साहसिक गतिविधिहरू प्रदर्शन गरिएका थिए।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ