गुवाहाटी, 13 नोभेम्बरः असमस्थित काजिरङ्गामा आज एउटा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेहरूमा महिला तथा बालकबालिकासमेत रहेका छन्। असमका मन्त्री तथा बालाखाटका विधायक अतुल बोराले दुर्घटना र मानवीय क्षतिको पुष्टि गरेका हुन्।
ठक्कर यति भयानक थियो, दुर्घटनापछि मिनी बस पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। कैयौँ यात्रु च्यापिएपछि उद्धार टोलीले बसको भाग काटेर शवहरू बाहिर निकालेको थियो। दुर्घटनाका बेला बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने आइसकेको छैन।
गोलाघाटका एसएसपी स्वप्निल डेकाले भने, "बस तीव्र गतिमा थियो। चालकले नियन्त्रण गुमाउँदा अगाड़िबाट आइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।" पुलिसअनुसार उक्त बस बोकाखाटबाट नगाउँतर्फ गइरहेको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त सवारी साधनले यसअघि पनि पटकपटक गति सीमा उल्लङ्घन गरेको पाइएको छ। तीव्र गतिकै कारण यसअघि १२ पटक काटिएको चलानमध्ये ३८ हजार ५०० रुपियाँ जरिमाना तिरिसकिएको र ४000 रुपियाँ तिर्न बाँकी रहेको खुलेको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →राष्ट्रिय • १६ अक्टोबर, २०२६
राष्ट्रिय • १४ अक्टोबर, २०२६
राष्ट्रिय • १२ अक्टोबर, २०२६